जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएका बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् ।‘मलाई मन्त्री हुने रहर छैन, पहिले पनि मन्त्री, उपप्रधानमन्त्री भइसकेको छु’ यादवले रातोपाटीसँग भने, ‘म पार्टी संगठनकै काममा लाग्छु, पार्टीलाई व्यवस्थित बनाउनका लागि गर्नुपर्ने कामहरु धेरै छन् ।’अध्यादेश फिर्ता भएपछि सरकारमा सहभागी हुने बताएका जसपा अध्यक्ष यादवले गठबन्धन