विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने हिमाली जिल्ला मनाङ पुग्ने कसलाई रहर हुँदैन र ? तस्बिर र भिडियोमा देखिएका मनाङमा रहेको सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, यहाँका बस्ती, संस्कार, संस्कृति र फाँटभरि फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना, अग्ला पहाडका दृश्यले लोभ्याउने गरेको छ । स्वर्गीय अनुभूति दिलाउने यहाँको दृश्यले कसलाई लोभ्याउँदैन र ? …