बाँके – वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल (एअरपाेर्ट) परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आज बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ । झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । हिजाे मङ्गलवार मात्रै नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडान गर्न लागेको सीता एअरको विमानसँग तीन...