नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।

सम्बन्धित सामग्री

वन्यजन्तुले असुरक्षित नेपालगन्ज विमानस्थल

विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।