झाडीका कारण नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेल

गत मङ्गलवार पश्चिम नेपालको एउटा प्रमुख विमानस्थलमा अवतरण गर्न लागेको विमानमा बँदेललाई ठोकिएपछि त्यहाँको सरसफाइ र सुरक्षाको विषयमा प्रश्न उठेको अधिकारीहरूले स्वीकारेका छन्।

सम्बन्धित सामग्री

वन्यजन्तुले असुरक्षित नेपालगन्ज विमानस्थल

विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।

नेपालगन्ज विमानस्थलमा सीताको जहाजसँग बँदेल ठोक्किए

नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका छन् । नेपालगन्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६:२० बजे धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ टेकअफ रोल (उडानका लागि गुडिरहँदा) गर्ने क्रममा सीताको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएका थिए ।