कसरी गर्ने काठमाण्डूको प्रदूषण नियन्त्रण

काठमाडौं उपत्यकाभित्रका मेयरहरूले केन्द्र सरकारको जिम्माका मुख्य सडकको निर्माण तथा मर्मतका काम लामो समयसम्म अल्झिँदा वायु प्रदूषण नियन्त्रण कठिन भएको गुनासो गरेका छन्।

सम्बन्धित सामग्री

सरकारलाई सांसद निशा डाँगीको प्रश्नः वायु प्रदूषण नियन्त्रणका लागि के छ योजना?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन्। काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको […]

विराटनगरमा ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको तयारी

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी शुरू गरेको छ । केही दिनअघि विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवालाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणको विषयमा महानगरले सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरूले महानगरले शुरू गरेको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले ध्वनि प्रदूषणले मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले पछिल्लो समय महानगरपालिकाले जनआकांक्षाअनुसारका कार्य गरेको भन्दै प्रशंसा गरे । ध्वनि प्रदूषण नियन्त्रण अति नै आवश्यक रहेको उनले बताए । यस्तै इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले ध्वनि प्रदूषण नहुनेगरी धार्मिक कार्यक्रम गरिनु पर्ने बताए । ओशो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले महानगरले सान्दर्भिक विषयमा छलफल चलाएको बताए । उनले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित शहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए । एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने उनले स्पष्ट पारे । धार्मिक क्षेत्रमा लागेका अगुवा, नागरिक समाज र बुद्धिजीवीको धारणा लिएर महानगरले ध्वनि प्रदूषण नियन्त्रणको निर्णय गर्ने जानकारी उनले दिए ।

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निर्णय

३ फागुन, वीरगञ्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदूषण गर्ने वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ । उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी नदीमा खसाल्दै आएका उद्योगलाई वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार कारबाही गर्ने निर्णय गरेको हो । उपमेयर ईम्तियाज आलम नेतृत्वमा गठित सिर्सिया अनुगमन समितिले […]

वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने ८ असर र प्रदूषण नियन्त्रण गर्ने उपायहरु

कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ। वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्‍याइ रहेको हुन्छ।

दिल्लीमा वायू प्रदूषण : ‘एयर प्युरिफायर’को माग ह्वात्तै बढ्यो

२ मंसिर, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायू प्रदूषणको कहर जारी छ । केन्द्र र राज्य सरकारले प्रदूषण नियन्त्रण गर्न सबै कमद चालिरहेका छन् । तर अवस्था सुध्रिने कुनै छनक देखिएको छैन । दिल्ली, गुडगाउँ, नोएडा, गाजियावाद र फरिदावादमा वायूको गुणस्तर लगातार खराब बन्दै गइरहेको छ । पञ्जाब, हरियाणा र उत्तर प्रदेशमा पराल पोल्दा, […]

वीरगञ्जका १४ उद्योग प्रदूषण नियन्त्रण गर्न सहमत

७ वैशाख, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी क्षेत्रमा रहेको उद्योगहरु प्रदूषण नियन्त्रणका लागि सहमत भएका छन् । चोनी क्षेत्रमा सञ्चालित १४ वटा उद्योगका प्रतिनिधिले आफ्नो उद्योगबाट निस्कने फोहोर व्यवस्थापन गर्ने वाचा गरेका हुन् । स्थानीयको उजुरीपछि जिल्ला प्रशासन कार्यालय पर्सामा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलेको उपस्थितिमा कार्यकक्षमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकमा […]

वायु प्रदूषण नियन्त्रण गर

नेपाली आकाशको वायु मण्डलमा देखिएको तुवाँलोले नेपालको जनजीवन प्रभावित भएको छ । विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं सूचीकृत भएको छ भने दिन प्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । मौसम परिर्वतनसँगै देखिएको यो समस्या अहिले नेपालीको साझा समस्याका रूपमा देखिए पनि यसकोे न्यूनीकरणका लागि भने कहीं कतैबाट पहल भएको देखिँदैन । काठमाडौमा वायु प्रदूषणमा वायुको […]

दिल्लीमा सास फेर्न पनि मुश्किल, ह्वात्तै बढ्यो वायु प्रदूषण

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको प्रकोप चर्किंदै गएको छ ।  त्यसो त त्यहाँको हावा जहिले पनि प्रदूषित नै हुन्छ तर अहिले प्रदूषण चर्को रूपमा बढेको छ ।  केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको आँकडा हेर्दा बुधवार एयर क्वालिटी इन्डेक्स २७८ पुगेको थियो । त्यसलाई अत्यन्तै खराब मानिन्छ । मौसम विभागका वैज्ञानिकहरूका अनुसार, हावाको गुणस्तरमा गिरावट भेन्टिलेसन कम भएकाले गर्दा हो । यसले गर्दा आगामी दुई दिनसम्म वायुको गुणस्तर थप खराब हुनेछ ।    सोमवारसम्म अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्नेछ र हावा...