भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको प्रकोप चर्किंदै गएको छ ।
त्यसो त त्यहाँको हावा जहिले पनि प्रदूषित नै हुन्छ तर अहिले प्रदूषण चर्को रूपमा बढेको छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको आँकडा हेर्दा बुधवार एयर क्वालिटी इन्डेक्स २७८ पुगेको थियो । त्यसलाई अत्यन्तै खराब मानिन्छ ।
मौसम विभागका वैज्ञानिकहरूका अनुसार, हावाको गुणस्तरमा गिरावट भेन्टिलेसन कम भएकाले गर्दा हो । यसले गर्दा आगामी दुई दिनसम्म वायुको गुणस्तर थप खराब हुनेछ ।
सोमवारसम्म अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्नेछ र हावा...