सिरहामा प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो ।किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो । बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्

सम्बन्धित सामग्री

हराएका सवारीसाधन धनीलाई फिर्ता

काठमाडौँ – विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्। यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा […]

नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा  सवारीसाधन दुर्घटनामा कमी आएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७९-८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो […]

हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले सम्पदा क्षेत्रभित्र सवारीसाधन निषेध गरेको हो। महानगरपालिकाले न्यूरोडको शालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारीसाधन निषेध गरेको महानगरीय प्रहरी बल, काठमाडौँका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए। उनले सोमबारबाट नै सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गरिएको र बुधबार मेयर बालेन्द्र साह र सम्पदा […]

नवलपुर प्रहरीले बेच्यो ४१ लाखका  पुराना सवारीसाधन

काठमाडौं,१६ जेठ । जिल्ला प्रहरी कार्यालय नवलपुरले  ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री गर्ने ऐनअनुसार बरामद सवारीसाधन बिक्री गरिएको […]

वर्षौँदेखि प्रहरी कार्यालयमा ‘कवाडी’ झैँ थन्किएका सवारीसाधन लिलामी हुँदै

काठमाडौं : ट्राफिक प्रहरी कार्यालयदेखि अन्य प्रहरी कार्यालयको हाताभित्र वर्षौँदेखि थन्किएका सवारीसाधन लिलामी हुने भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डीआइजी मिरा चौधरीले पहल गरेपछि लिलामी प्रकृयामा लग्ने तयारी भएको हो। प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गर्दै लिलामी प्रकृया सुरु गर्न निर्देशन दिएको डीआइजी मिरा चौधरीले बताइन्।…

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

दशैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।...

एकैदिन ४३ सवारीसाधन कारबाहीमा

दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्। दसैँका बेलामा सवारी...

उपत्यकामा पासबिना चलेका ८३५ सवारीसाधन ‘होल्ड’

काठमाडौं : काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनको दिन सावारी पास नभएका ८ सय ३५ सवारीसाधन होल्ड गरेको छ। प्रहरी कार्यालयका अनुसार काठमाडौंभित्र ११ बजेसम्ममा मोटरसाइकल ७ सय ७९,ट्याक्सी १७ र अन्य ३९ गरि ८ सय ३५ सवारीसाधन होल्ड गरिएको छ।यी सवारीसाधन बेलुका ६ बजेसम्म होल्ड गरिने र त्यसपछि सवारी धनीलाई बुझाइने छ। मतदान सकिएपछि मात्रै रोक लगाएको सवारीसाधन चल्न दिने प्रहरीले जनाएको छ।

लकडाउनका बेला दाङमा सवारीसाधन चोरीका घटना बढे

दाङ :  जिल्लामा लकडाउनको अवधिमा सवारीसाधन चोरीको घटना बढेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हालसम्म ८ वटा साना तथा ठूला सवारी साधन हराएका छन्। तीमध्ये ७ वटा सवारीसाधन बेवारिसे अवस्थामा जिल्लाका विभिन्न स्थानमा तथा जिल्ला बाहिर भेटिएका छन्।जिल्लामा लकडाउनको मौका छोपी  विभिन्न स्थानबाट मोटरसाइकल र पिकअप गाडी  गरी ८ वटा चोरीका घटना घटेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तीमध्ये ७ वटा सवारीसाधन फेला परेका छन् भने एउटा  गाडी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दा

बिना कारबाही छाडिए भारतीय प्लेटका सवारीसाधन

झापा : वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले बिना कारबाही भारतीय नम्बर प्लेटका तीनवटा सवारीसाधन त्यत्तिकै छाडिदिएका छन्।  अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु तीन घण्टाअगाडि ती सवारीसाधन बिनाकारबाही छाडेका हुन्।इन्स्पेक्टर पुरीले छाडेका दुई वटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन्। उनले छाडेका सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाउँदा समेतको कुनै प्रमाण वडा कार्यालयमा राखेका छ