झापा : वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले बिना कारबाही भारतीय नम्बर प्लेटका तीनवटा सवारीसाधन त्यत्तिकै छाडिदिएका छन्। अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु तीन घण्टाअगाडि ती सवारीसाधन बिनाकारबाही छाडेका हुन्।इन्स्पेक्टर पुरीले छाडेका दुई वटा मोटरसाइकल र एउटा स्कुटर रहेका छन्। उनले छाडेका सवारीसाधन सम्बन्धित व्यक्तिलाई बुझाउँदा समेतको कुनै प्रमाण वडा कार्यालयमा राखेका छ