नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७९-८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो […]