विमानस्थल भनेको पनि एउटा नाका हो । जुन विश्वका विभिन्न देशसँग जोडिएको हुन्छ । त्यसले गर्दा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रुटहरुसँग जोडिएका यस्ता विमानस्थलहरु छन् यस्ता आपराधिक गतिविधि हुनु सामान्य कुरा भयो । यसमा यस्ता आपराधिक गतिविधि हुन नदिन हामीले के गरेका छौँ त्यो महत्त्वपूर्ण कुरा हो । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्ने हो भने साधनको हकमा वा कर्मचारीको हकमा कहीँ न कहीँ कमी चाहिँ छ । यो क्षेत्रमा हामी कहीँ न कहीँ कमजोर छौँ । नेपालमा कुनै समयमा ३५/४० वटा संयन्त्र छ भनिन्थ्यो । अहिले पनि २५/३०...