चार किलो सुन नेपालगञ्ज पुगेपछि त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ

२१ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलको सुरक्षा घेरा पार गरी हवाई मार्गमार्फत चार किलो सुन नेपालगञ्ज विमानस्थलमा पुर्‍याएसँगै काठमाडौं विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको छ । गत शुक्रबार काठमाडौं विमानस्थलबाट जहाज चढेर नेपालगञ्ज ओर्लिएका अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातीको साथबाट चार किलो सुन बरामद भएको थियो । यो घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले छानविन समिति […]