सुन तस्करीको आशंका : सुरक्षा जाँचमा कडाइ

सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ ।विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए । उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आ

सम्बन्धित सामग्री

आचारसंहिता कार्यान्वयनको जिम्मा ‘सीडीओलाई’

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) लाई यो जिम्मेवारी दिने प्रावधान आचारसंहितामा राखिन्थ्यो । गृह मन्त्रालयमातहत रहने प्रजिअलाई अनुगमनको अधिकार सुम्पिँदा सत्तारूढ दलले फाइदा उठाउन सक्ने भन्दै आशंका उब्जिएको छ ।

फेरि बन्द भए चीनतर्फका नाका, दशैंतिहार प्रभावित हुने आशंका

काठमाडौं । चीनतर्फका मुख्य नेपाली नाका पुनः बन्द भएका छन् । चीनले कोरोना भाइरस संक्रमण बढेको भन्दै पुनः नेपालसँगका मुख्य नाका बन्द गराएको हो । कोराना भाइरस संक्रमणको पहिलो लहरदेखि नै चीनले आफूसँग जोडिएका नाकामा कडाइ गर्दै आएको थियो । उसले आफ्नोतर्फबाट नेपाल निर्यात गरे पनि नेपालबाट हुने आयातमा रोक लगाएको थियो । नेपालबाट थोरैमात्र […]

ब्रोकरले लगानीकर्तालाई सेयर खरिद कर्जा दिन सकेनन्

लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन धितोपत्र ब्रोकरलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । उक्त व्यवस्था कार्यान्वयन नहुँदा लगानीकर्ताले ब्रोकरबाट सेयर खरिद कर्जा लिन पाएका छैनन् । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा कडाइ गरेको अवस्थामा ब्रोकरमार्फत पनि सेयर खरिद कर्जा पाइने भएपछि लगानीकर्तालाई केही राहत हुने अपेक्षा थियो । तर पछिल्लो पटक नेप्सेले निर्देशन जारी गरेको एक महिनासम्म पनि काम सुरु नहुँदा उक्त व्यवस्था कार्यान्वयनमै आशंका देखिएको हो ।

निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आयोगको आग्रह

काठमाडौं: निर्वाचन आयोगले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गर्दै निर्वाचन सम्पन्न गर्न सबै प्रकारका तयारी लगभग अन्तिम चरणमा पुगेको स्पष्ट गरेको छ। तयारीका सिलसिलामा आज शुक्रबारसम्म १ करोड २८ लाख मतपत्र छापिइसकेको पनि आयोगका पदाधिकारीले केही सञ्चार माध्यमका सम्पादकहरूसँग बताए। सम्पादकहरूसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका साथै सबै आयुक्त एवं आयोगका सम्बन्धित विभागीय कर्मचारी सहभागी थिए।निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्ने भएको छ। मूलधारका संचारमाध्यम

आयात नियन्त्रणको गलत बाटो

अर्थतन्त्रको बाह्य पक्षमा दबाब बढ्दै गएपछि सरकारले मालवस्तुको आयातमा कडाइ गर्न थालेको छ । विदेशी विनिमय सञ्चिति घट्दै गएकाले सरकारले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेर आयात नियन्त्रणको नीति लिएको हो । यसले आयातलाई असहज बनाए पनि विनियम सञ्चितिमा सकारात्मक परिणाम दिन सक्नेमा भने आशंका नै छ । सरकारले आयातमा कडाइ गर्दा चोर बाटोबाट सामान आयात हुने सम्भावना पनि निकै ठूलो छ । साना परिमाणमा हुने यस्तो आयात व्यापक भयो भने त्यसले विनिमय सञ्चितिमा असर पारेरै छाड्छ । नेपालको अर्थतन्त्रमा नकारात्मक संकेत अहिले अकस्मात् देखापरेको होइन । अघिल्लो आवको अन्त्यतिरदेखि नै बाह्य क्षेत्रमा नकारात्मक बन्न थालेको हो । खासमा कोरोना महामारी शुरू हुनुभन्दा अघिदेखि नै समस्याका संकेत देखापरिसकेका थिए । कोरोनाका कारण आयात ठप्प हुँदा त्यसले केही सकारात्मक देखिएको हो । तर, बिस्तारै अर्थतन्त्र चलायमान हुन थालेपछि यसमा समस्याका भ्वाङहरू देखापर्न थालेका हुन् । यद्यपि अझै पनि अर्थतन्त्र संकटतर्फ नलागेको दाबी अर्थमन्त्रीले गरेका छन् । अर्थतन्त्रको एउटा पक्षमा देखापरेको भ्वाङ टाल्न लिइएको नीतिले अन्य क्षेत्रमा थप भ्वाङ पर्ने सम्भावना बढी हुन्छ । आयातमा कडाइ गर्नेबित्तिकै त्यसले अन्य क्षेत्रमा असर पर्छ । अर्थमन्त्रीले जे बताए पनि आयात नियन्त्रण गर्न खोज्नुको अर्थ अर्थतन्त्रमा समस्या आइसकेको छ भन्ने नै हो । आयात नियन्त्रण गर्नु वा रोक्न खोज्नु भनेको विदेशी विनिमय जोगाउने अन्तिम अस्त्र हो । सरकारले यस्ता अन्तिम अस्त्रलाई शुरूमा नै प्रयोग गर्दा समस्या झनै चर्कने सम्भावना हुन्छ । आयात नियन्त्रणको यो उपाय कत्तिको प्रभावकारी हुन्छ आगामी दिनले नै बताउनेछ । तर, अहिलेको समस्याका तीन पक्ष देखिन्छन् । पहिलो कुरा सरकारले आम्दानी बढाउने नीति लिनुभन्दा खर्च घटाउने नीति लिएको छ । यसरी खर्च घटाउँदा त्यसको असर स्वरूप आम्दानी घट्छ । त्यसैले नियन्त्रणको बाटोमा जानुभन्दा आमदानी नै बढाउनेतर्फ लानुपर्छ । आायतमा कडाइ गर्नासाथ विदेशी विनिमय बढ्छ भने आपत्ति जनाउनुपर्ने कारण देखिँदैन । तर, आयात नियन्त्रणकै लागि भनेर सरकारले रोजगारी बढाउने तथा अर्थतन्त्रलाई गति दिन सहयोग गर्ने वस्तुकै आयातमा कडाइ गरेको छ । यो कडाइको व्यवसायीले विरोध गरेका छन् । अहिले २० ओटा वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा कैयौं व्यक्तिको रोजगारी गुम्न सक्छ । उदाहरणका लागि गाडी आयातमा कडाइ गर्दा एकातिर सरकारले राजस्व गुमाउने त छँदै छ, अर्कातिर गाडी आयात भएपछि त्यसले सृजना गर्ने रोजगारी पनि गुम्ने देखिन्छ । त्यस्तै विलासिताका वस्तु मानेर सुनचाँदीका आयात कडा गर्दा त्यहा“ कार्यरत कर्मचारीले रोजगारी गुमाउनुपर्ने हुन्छ । खासगरी चाँदी आयात रोक्दा हजारौं मानिसको रोजगारी गुम्ने अवस्था आउँछ । सरकारले आयातमा कडाइ गर्दा चोर बाटोबाट सामान आयात हुने सम्भावना पनि निकै ठूलो छ । साना परिमाणमा हुने यस्तो आयात व्यापक भयो भने त्यसले विनिमय सञ्चितिमा असर पारेरै छाड्छ । त्यसैले यस्तो कडाइ त्यति सान्दर्भिक हुँदैन । विप्रेषणमा निर्भर अर्थतन्त्र रहेको हाम्रो जस्तो देशले विनिमय सञ्चितिका लागि विशेष रणनीति तय गर्न सक्नुपथ्र्यो । ण्अहिलेसम्म विदेशी विनिमय आर्जन गर्ने विधि पत्ता लगाएर कार्यान्वयन भइसक्नुपर्थ्यो । यसमा सरकार चुकिसकेको छ । अकस्मात् यो व्यवस्था लागू हुँदा कतिपय व्यवसायीलाई उधारो उठाउन पनि समस्या हुने देखिन्छ । क्रमशः यस्तो कडाइ गर्दै लगेको भए यो नीति बढी प्रभावकारी हुने थियो । विदेशी विनिमय सञ्चिति जोगाउन आयातमा कडाइ गर्दा उद्योग व्यवसायको चक्र नै प्रभावित हुन्छ । त्यस्तै उद्योगहरूमा कामदारको माग नहुँदा समस्या झने बढी चर्कन्छ । त्यसैले विप्रेषण गलत मार्गबाट अआइरहेको छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेहरूले औपचारिक प्रणालीबाट रकम पठाए त्यसमा प्रोत्साहन स्वरूप केही नगद दिने प्रचलन गर्न सकिन्छ । पर्यटन आगमन बढाउन प्रचारात्मक कार्य हुन सकेको छैन । विदेशी विनिमय आम्दानी हुन सक्ने क्षेत्र खोजी त्यसलाई सुधार गर्न अबेर भइसकेको छ ।

सुन तस्करीको आशंका : सुरक्षा जाँचमा कडाइ

काठमाडौं । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए । उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आंशकामा यात्रु जाँचमा कडाइ गरिएको हो । रोजगारीबाट फर्किएका नेपालीहरूलाई तस्करहरूले फसाएर सुन पठाउन सक्ने जोखिम बढेको सूचना पाएपछि नियमभन्दा बाहिरबाट ल्याइएको सुनको राजस्व तिर्न कडाइ गरिएको भट्टराईले दाबी गरे । झिटीगुन्टा नियमअनुसार गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुले राजस्व तिर्नु पर्दैन । तर, त्योभन्दा बढी २ सय ग्रामसम्म गहनाका रूपमा सुन ल्याउने यात्रुले राजस्व तिर्नुपर्नेछ । यस्तै ५० ग्राम वा त्योभन्दा बढी कच्चा सुन कुनै पनि बहानामा भित्र्याए राजस्व तिर्न अनिवार्य गरिएको भट्टराईले बताए । ‘कच्चा सुनलाई बालाजस्तो आकार दिएर नेपाल भित्र्याउनेलाई कडाइ गरिएको छ,’ भन्सार प्रमुख भट्टराईले बताए । नेपालमा अवैध सुन भित्रिन सक्ने साउदी अरब, दुबई र मलेशियाबाट आउने यात्रुहरूमाथिको चेक जाँच उच्च प्राथमिकतामा परेको भन्सार कार्यालयले जनाएको छ । वैदेशिक रोजगारी एवं अन्य कामका लागि विदेश गएर फर्कने यात्रुहरूबाटै नेपालमा अवैध सुन भित्रिने गरेको पाइएको भन्सार विभागको दाबी छ । विभागले आइतवार एक सूचना प्रकाशित गर्दै विदेशबाट नेपाल आउनेहरूलाई थाहै नदिई टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटरलगायतमा सुन लुकाउने गरिएको पाइएको बताएको थियो । त्यस्तो सामान आफ्ना आफन्तसम्म पुर्‍याइदिन अनुरोध गर्ने गर्दा निर्दाेष यात्रु फस्ने गरेको समेत पाइएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए । कुनै पनि परिचित वा अपरिचितले दिएको मालवस्तुमा अवैध वस्तु लुकाइएको सुनिश्चित नभएसम्म बोकेर ल्याउन नहुने खड्काको भनाइ छ । यात्रुले विदेशबाट यी समान बोकेर ल्याउने र आफूलाई कानूनबारे जानकारी नभएको बयान दिने गरेको खड्का बताउँछन् । साथै अपरिचित व्यक्तिले ललाइफकाई यस्ता सामान लैजाने भन्ने गरेको समेत बयान दिने गरेका छन् । खासगरी सुन तथा सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ बढी मात्रामा त्यसरी आउने गरेका छन् ।

सरकारको आँखा चाँदीपछि सुनमा, विदेशबाटै रेमिट्यान्स मोडिएको आशंका

अस्वाभाविक रूपमा रेमिट्यान्स घटेपछि सुन मार्फत हुन्डीको कारोबार भएको आशंकासहित निर्ममताका साथ कडाइ गर्न थालिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

अफगान शरणार्थी आउनसक्ने भन्दै जमुनाहा नाकामा कडाइ

अफगानिस्तानका नागरिकहरू अवैध रुपमा नेपाल प्रवेश गर्न थालेपछि नेपालगन्जस्थित जमुनाहा नाकामा पनि सुरक्षा सतर्कता बढाइएको छ । तालीबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिकहरू नेपाल प्रवेश गर्नसक्ने आशंका बढेपछि नेपालगन्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहा नाकाका इन्चार्ज प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले बताए ।