राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार ढकाललाई कतारका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् । उनले नेपालको संविधानको धारा २८२ अनुसार ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।