अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाण्डाै – अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हाे । उहाँले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले निकालेकाे विज्ञप्तिमा जनाइएको छ ।