काठमाण्डाै – चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएकाे छ । आज बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।
संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ ।
राजदूतमा सिफारिस श्रेष्ठकाे नाम संसदीय सुनुवाइ समितिले गएकाे जेठ ३ गते अनुमोदन गरेको थियो ।
तस्बिर : हरि अधिकारीकाे फेसबुकबाट