एजेन्सी । फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ । देशको राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । “फ्रान्समा कोरोनाभाइरसको फैलावटमा