पोखरा महानगरले भूमिगत पार्किङ खाली गर्ने सूचनाको समय सकिँदा पनि सम्बन्धित व्यक्ति तथा संस्थाहरूले त्यसको पालना गरेका छैनन्। महानगरले भदौ १३ गते भूमिगत पार्किङ खाली गर्न पहिलो पटक सूचना जारी गरेको थियो। पोखराका नगरप्रमुख धनराज आचार्यले भूमिगत व्यापार, व्यवसाय गर्नेहरूलाई त्यो ठाउँ खाली गरेर सवारी पार्किङ गरी महानगरलाई सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो। यद्यपि भूमिगतको ठाउँ खाली नभएपछि महानगरले अनुमगन गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई अल्टिमेटम दिएको छ।