१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार