रौतहट : निर्माण कार्य सम्पन्न नहुँदै रौतहटको बृन्दाबन नगरपालिकाले एक उपभोक्ता समितिलाई भुक्तानी दिएको पाईएको छ।प्रदेश सरकार पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत सिमसार क्षेत्र बृन्दाबन–१ बलेरीका लागि विनियोजित बजेटबाट प्रतीक्षालय, सडक ढलानलगायतका निर्माण कार्य सम्पन्न नहुँदै उपभोक्ता समितिलाई भुक्तानी दिएको हो।निर्माण कार्य समेत गुणस्तरहीन रहेको स्थानीयले बताएका छन्। बृन्दाबन नगरपालिकाका इन्जिनियर दिलिप यादवले बजेट फ्रिज हुन नदिन नगरप्रमुख बिनोद प्रसाद कुर्मीको निर्देशनमा लागत मूल्याङ्