बाजुराको गौमुल गाउँपालिकाका किसानलाई स्याउको बिरुवा वितरण गरिएको छ ।गौमुलको अधिकांश जमिनमा स्याउ राम्रो फल्न थालेपछि त्यहाँका किसानलाई स्याउ खेतीमा उत्पे्ररित गर्ने गरी कृषि विकास शाखाले नयाँ जातको स्याउको बिरुवा वितरण गरेको हो ।
हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यावसायिक रूपमा फुजी स्याउको उत्पादन सुरु भएको छ। यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो।
मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी […]
१६ भदौ, मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिंदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई …
मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गतवर्षको तुलनामा ९ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गतवर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए । उनका अनुसार गतवर्षको तुलनामा ९ प्रतिशतले स्याउको उत्पादन बढेको छ ।
‘क्षेत्रफल विस्तार र अनुकूल मौसमका कारण स्याउ उत्पादन बढेको हो,’ उनले भने, ‘पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।’ मुस्ताङमा उत्पादित स्याउ बेचेर कृषकले ५५ करोड भित्र्याएका छन् । यस वर्ष प्रतिकिलो औसत रू. १०० का दरले स्याउ विक्री भएको थियो । मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउखेती भएकोमा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउखेती भएकोमा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमीनमा स्याउखेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ ।
केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउँपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । बारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।
यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैंचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । ८० प्रतिशत स्याउ दशैं–तिहारमा जिल्ला बाहिरिएको थियो । विक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गतवर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो । रासस
जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्...
गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका किसानलाई उन्नत जातको स्याउको बिरुवा वितरण गरिएको छ । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका ५ हजार ८ सय ७० बिरुवा किसानलाई वितरण गरेको हो ।