चुमनुब्री र धार्चे गाउँपालिकाका किसानलाई स्याउको बिरुवा वितरण

गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका किसानलाई उन्नत जातको स्याउको बिरुवा वितरण गरिएको छ । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका ५ हजार ८ सय ७० बिरुवा किसानलाई वितरण गरेको हो ।