काठमाडौं। जस्मिन पेन्ट्सले चाडपर्वलाई लक्षित गरी ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना ल्याएको छ । ग्राहकमा थप खुशी प्रदान गर्ने उद्देश्यले आगामी २०८० मङ्सिर १५ गतेसम्मका लागि ग्राहक लक्षित उक्त उपहार योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा सहभागी हुन ग्राहकले डिलरबाट कम्तीमा रू.७५ हजारको जस्मिन पेन्ट्सका उत्पादनको खरीदमा लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । लक्की ड्रअन्तर्गत ४०० जना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्ने बताइएको छ । उपहार अन्तर्गत एकजनाले यामाहा रे जेड स्कूटर, सात जनाले रेड्मी १२ स्मार्ट मोबाइल, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचाआई २ दशमलव ८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले भित्ते घडी प्राप्त गर्ने बताइएको छ ।
कैलालीको दुर्गम मानिने कैलारी गाउँपालिका–७ हौसलपुर जोड्ने मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीमा खुशी छाएको छ । स्थानीयवासीको लामो प्रतीक्षापछि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको हो । मोहनामा पुल नहुँदा हौसलपुरवासी सरकारी कामकाज गर्नका लागि बर्खायाममा डुङ्गाबाट र हिउँदमा काठको पुलबाट नदी वारपार गर्थे । पुल नहुँदा हौसलपुरमा रहेका नागरिकको जीवनयापन कष्टपूर्ण थियो […]
काठमाडौं : मोरक्कोको सबैभन्दा बढी जनसंख्या भएको शहर कासाब्लांकामा आफ्नै लयमा गुड्ने मेट्रो रेलको गति यतिवेला सुस्त भएको छ। सडकमा मान्छेको चाप अत्यधिक भएर मेट्रोको लिकबाट मान्छेहरूलाई हटाउँदै गुड्दा रेलको गति मन्द भएको हो।यहाँ न कुनै आन्दोलन वा प्रदर्शन भइरहेको छ, न कुनै राजनीतिक दलको आमसभा। मोरक्को फुटबल टिमले पाएको ऐतिहासिक सफलताको खुशी मनाउन यसरी भीड जम्मा भएको हो। शनिबार भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगलविरुद्ध ऐतिहासिक जित रच्दा कासाब्लांकाको सडकमा लाखभन्दा बढी मोरक्
पर्वत । पर्वतको फलेवास नगरपालिका–८ अर्चलेका ६७ वर्षीया बुद्धिसरा विकको मानसपटलमा २०७२ सालको भूकम्प अहिले पनि झलझली आउँछ । घरका ६ जना सकुशल भए पनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएको बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनेपछि उनको परिवार स्थानान्तरण भएको हो ।
‘अहिले पनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्, ‘धन्न बाँचियो र अहिले यहाँ पक्की घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनिको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरासहित अर्चलेका १२ दलित समुदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोही वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको श्वास फेरिरहेका छन् ।
भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, बिजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करीब २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहतको महसूस गरेको स्थानीय ईश्वरी विश्वकर्माले बताइन् ।
पहिलेको त्रास अहिले हटेको भन्दै उनले बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःखकष्टले दिन बिताइयो,’ विश्वकर्माले भनिन्, ‘ढिलो भए पनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, बिजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको उनले बताए ।
स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भूगर्भविद्हरूले बताएकाले बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए । बस्ती निर्माणका अभियन्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरीदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिपरिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घर निर्माण गरेको विकले बताए । बस्तीसहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरिएको छ । भूकम्पपीडितहरू नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधिसभाका सदस्य पदम गिरीले बस्तीको उद्धाटन गरेका थिए । गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।
करिश्मा मानन्धर: एक मध्यम वर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्यो । बुबाले मार्कसिट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने, खीर बनाउ । आज स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% अंक ल्याएको छ । आमा भान्साकोठाबाट दौड्दै आईन र खुशी हुँदै भनिन् खै मलाई पनि देखाउनुस् न म पनि मेरो छोराको रिजल्ट […]
३० असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि हिउँदमा हिउँ र वर्षेयाममा वर्षाको पानी संकलन गर्न थालिएको छ । यसले कार्यबोझ त घटाएको छ नै कृषि उत्पादनबाट पनि फाइदा पुगेपछि स्थानीय दंग छन् ।
हिजोआज शेयर बजारले सरकारमा को छ भनेर वास्तै गर्न छाडेजस्तो छ । सरकारमा जो उकालो चढे पनि, जो ओरालो झरे पनि, शेयर इन्डेक्स भने उकालो लाग्या लाग्यै छ । तर शेयर बजार जति माथि उफ्रे पनि महँगीको उचाइलाई भने छुन सक्ला जस्तो देखिन्न है ! हरेक दुई दिन बिराएर पेट्रोलियमको भाउ बढ्ने भएसि यातायातको भाडा त बढ्ने नै भयो । सामान ढुवानी गर्ने यातायातको भाडा बढेपछि, नूनदेखि सुनसम्म आयात गरेर ल्याउने देशमा महँगी नबढेर अरू के बढ्छ त ?
यहाँ आवश्यकता चैं को कति खुशी छ भनेर जान्नुभन्दा पनि कुन ठाउँमा चैं बढी खुशी पाइन्छ भन्ने हो । बालुवाटारमा कि बूढानीलकण्ठमा, कि बालकोटमा ? कोटेश्वरमा कि खुमलटारमा ? भन्सारमा कि टक्सारमा ? करमा हुँदा कि करारमा ? मिनिस्टर हुँदा, रेक्टर हुँदा, कि बैंकको डाइरेक्टर हुँदा ?
तर रमाइलो कुरा यो छ कि महँगी बढेर सबै दुःखी भने नहुँदा रहेछन् । दिन दुई गुणा, रात नौगुणा गरेर कमाउनेहरूलाई बिचरा महँगीले के भेट्न सक्थ्यो ? त्यसरी कमाउनेहरू किन दुःखी हुन्थे ? सस्तोमा खरीद गरेको माल धेरै महँगोमा बेच्ने मौका पाउनेहरू पनि किन दुःखी भइराख्थे र ? सस्तैमा पाउने वस्तुलाई पनि महँगो तिरेर किन्नुपर्ने बाध्यतामा परेकाहरू भने दुःखी हुने नै भए । त्यसैले एउटै घटनाले पनि कसैका लागि दुःख भने कसैका लागि सुख ल्याउने रहेछ । जस्तै– हालै बालुवाटारबाट बालकोट पुग्नेहरू दुःखी भए भने बूढानीलकण्ठबाट बालुवाटार पुग्नेहरू खुशी भए । त्यस्तै एउटै दलका सदस्यमध्ये कोही पक्षलाई भोट हाल्दा खुशी भए भने कोही विपक्षीलाई भोट हाल्दा खुशी भए । त्यसमध्ये कति त अरू खुशी भएको देखेर आफू दुःखी भए ।
त्यसैले यो कुरा पत्ता नलगाई नहुने भाछ कि मान्छे किन खुशी हुन्छ र किन दुःखी हुन्छ ? खुशी हृदयमा रहन्छ कि मस्तिष्कमा, या दुवैमा ? अनि खुशी र सुखी हुनुमा के फरक छ ? अरूको खुशीमा मानिस किन दुःखी हुन्छ वा अरूको दुःखमा किन खुशी रहन्छ ? सुखीको सुख देखेर सुखी र दुःखीको दुःख देखेर दुःखी हुने मानिस कति होलान् यस धर्तीमा हँ ? अनि को कति खुशी वा दुःखी छ भनेर कसरी थाहा पाउने ?
हुुन त को कति खुशी छन् भन्ने थाहा पाउन कुन कुन संस्थाले हो निकै खोजतलास गरेर केही वर्षयता ‘ह्याप्पीनेस इन्डेक्स’ याने खुशीको सूचक सार्वजनिक गर्न थालेका छन् क्यारे । तर यहाँ आवश्यकता चैं को कति खुशी छ भनेर जान्नुभन्दा पनि कुन ठाउँमा चैं बढी खुशी पाइन्छ भन्ने हो । बालुवाटारमा कि बूढानीलकण्ठमा, कि बालकोटमा ? कोटेश्वरमा कि खुमलटारमा ? भन्सारमा कि टक्सारमा ? प्रहरीमा कि पानीजहाजमा ? आयल निगममा कि वायुसेवा निगममा ? करमा हुँदा कि करारमा ? मिनिस्टर हुँदा, रेक्टर हुँदा, कि बैंकको डाइरेक्टर हुँदा ?
तर ठूल्ठूला पदमा पुगेका मानिस, धेरै सम्पत्ति कमाएका र सफल भनिएका मानिस पनि दिनरात बैठक, छलफल र तनावमै देखिन्छन् । यसरी सबै भौतिक सुख सुविधामा बसेर पनि धेरै मानिस सुत्नै सकिरहेका हुँदैनन् । अर्कोतर्फ, फुटपाथमा सुतेर पनि आरामको निद्रा निदाउने थुप्रै मानिस हुन्छन् । ठूल्ठूला पदधारी, डिग्रीधारी, पुरस्कारधारी मानिसलाई सुखीमा गणना गर्ने कि दुःखीमा, म रनभुल्लमा पो छु त ।
अर्को कुरा, एउटै मानिस एउटै कारणले शुरूमा खुशी हुन्छ, पछि दुःखी हुन्छ । जस्तै– उद्योगी व्यवसायीहरू हरेक सरकार परिवर्तनपछि वा बजेट वक्तव्यपछि खुशी देखिन्छन् । नयाँको स्वागतमा ताली पनि पिट्छन् । तर केही दिन वा महीनापछि त्यै सरकार, तिनै मन्त्री, तिनैका नीति कार्यक्रमबाट फेरि दुःखी हुन थाल्छन् । हिजो प्रतिपक्षमा हुँदा बजेट कार्यान्वयन नै हुन नसक्ने खालको ठूलो भयो, बजेटमा ढुँगागिट्टी निर्यात गर्ने लगायतका नीति राखेकोमा बजेट अति झुर भयो भनी छिछि दुरदुर गर्थे । तर आफू सत्तामा पुगेपछि त्यै बजेट राम्रो भन्दै फुरफुर गर्दै त्यै बजेट पास गर्दै छन् । यस्तै कुरा प्रायः विवाहित व्यक्तिमा झन् लागू हुन्छ । विवाहपूर्व तारा खसाल्नेहरू विवाहपछि बँगारा झार्नेतिर लाग्छन् । अझ राजनीतिक दल वा त्यसभित्रका गुट–उपगुटवाला जोडीहरू त सरकार बनाउने बेला देशको मुहारै बदल्ने कसम खाएर आपसमा चाटाचाट गर्छन् । तर केही समयपछि काटाकाट शुरू गर्छन् । आखिर यस्तो किन हुन्छ ?
अर्को एउटा आश्चर्यलाग्दो के छ भने, आर्थिक विकासका सूचकहरूमा एकदमै दुःखी हुनुपर्ने स्थितिमा पुगेको छ हाम्रो देश । यस्तो अवस्थामा समेत ह्याप्पीनेस इण्डेक्सवालाहरूले नेपालीलाई सार्कमै खुशीवालामा पारिदिए । यस्तो कसरी भयो ? कि नेपालीहरू जे जस्तो छ, ठीकै छ, ‘सन्तोषम् परम् सुखम्’ भन्नेतिर लागेर खुशी नै देखिएर हो ? अर्थात् भाग्यवादी भएर हो ? कि नेपालीले सार्कमै साँच्चै राम्रो गरेर हो ? लौ न कोही ह्याप्पीनेस अर्थशास्त्री हुनुहुन्छ भने बताइदिनोस् न !
एउटै कारणले एउटालाई खुशी ल्याएको हुन्छ भने अर्कोलाई अपार दुःखको सम्भावना । त्यसैले मलाई लाग्दैन कि यस्तो कुनै खुशीको मापन गर्ने इन्डेक्स या तराजु बनाउने कुरा सफल होला भनेर । किनकि एकछिनमै तोला अर्को छिनमा मासा हुने खुशी नाप्ने इन्डेक्स वा तराजु बन्यो भने त सांसद जस्तै खुशीको पनि संसद्मै किनबेच हुन थाल्छ । जुन दिन खुशीको सौदाबाजी शुरू हुन सक्छ, त्यसको लाभ उठाउनेहरू पनि पक्कै थुपै्र हुन्छन् । तर दुःखको कुरा, प्रायः धेरै सुविधाबाट वञ्चित गरीबहरू सित्तैमा खुशी हुन सकिने यो मौकाबाट पनि वञ्चित हुनेछन् । किनकि विदेशीले अनुदानमा दिएको चामल त बाँड्न नसक्ने हाम्रो राज्य संयन्त्रले गरीबलाई खुशी किनेर बाँड्ला भनेर कसरी पत्याउने ? त्यसैले सरकारले सुख वा खुशी त के देला र ? बरु, गरिबको परिचयपत्र बाँड्ने सरकारले दुःखीहरूलाई दुःखीयाको नयाँ परिचयपत्र चैं झुन्ड्याइदेला है ? होशियार !