एनआईसी क्यापिटलले कमायो ५ करोड ४८ लाख नाफा

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)मा एनआईसी एसिया क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफापछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ७१ प्रतिशतले बढी हो।

सम्बन्धित सामग्री

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डेप्ट फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७७ पैसा रहेकोमा फागुनमा बढेर १० रुपैयाँ ८४ पैसा पुगेको हो ।  न्याभसँगै फण्डको नाफामा पनि वृद्धि भएको छ । माघ मसान्तसम्ममा फण्डले रू. ४ करोड २८ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ७४ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको कुल आम्दानी रू. ५ करोड १ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ५ करोड ५८ लाख पुगेको छ ।  त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ८४ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. २१ करोड ५५ लाख पुर्‍याएको हो । फागुन मसान्तसम्ममा यस फण्डले ऋणपत्रमा रू. ३२ करोड ११ लाख लगानी गरेको छ । सो अवधिमा फण्डले मुद्दति निक्षेपमा रू. ८ करोड ७० लाख लगानी गरेको छ ।

एनआईसी एशिया सेलेक्ट–३० ले फागुन मसान्तसम्म कमायो २ करोड ४१ लाखभन्दा बढी नाफा

चैत १३, काठमाडौं । एनआईसी एशिया सेलेक्ट –३० ले फागुन मसान्तसम्म रू. २ करोड ४१ लाख ४६ हजार नाफा गरेको छ ।  माघ महीनामा फण्डको यो नाफा रू. ३ करोड ७६ लाख २८ हजार थियो । माघ महीनामा रू. ५ करोड १३ लाखभन्दा बढी आम्दानी गरेको फण्डले रू. १ करोड ३७ लाख २४ हजार खर्च गरेको थियो ।  फागुन महीनामा भने फण्डले रू. ३ करोड ९७ लाखभन्दा बढी आम्दानी गरेको छ भने रू. १ करोड ५६ लाखभन्दा बढी खर्च गरेको छ । माघ महीनाको तुलनामा फागुन महीनामा आम्दानी कम र खर्च बढी भएकाले फण्डको नाफामा कमि आएको हो । माघ महीनाको तुलनामा फागुन महीनामा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ । माघ महीनामा रू. १० दशमलव २४ रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १० दशमलव १४ मा झरेको हो । यस फण्डले १२ करोड ५० लाख इकाई विक्री गरेका हो । सात वर्षे अवधिको यस फण्डले २०७८ असारमा इकाई विक्री गरेको हो । फागुन मसान्तसम्म फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. २६ करोड ८७ लाख ५६ हजार रहेको छ । फण्डको लगानीको बजारमूल्य भने रू. २५ करोड ९२ लाख ४९ हजार रहेको छ । फण्डको धितोपत्रमा भएको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । बैंक मुद्दती निक्षेपमा फण्डले रू. १७ करोड ५० लाख लगानी गरेको छ ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कमायो रू. ४ करोड ४१ लाख नाफा

चैत १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले फागुन महीनाको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ४ करोड ४१ लाख नाफा कमाएको हो । यो नाफा माघ मसान्तको तुलनामा भने ४ प्रतिशतले कमि हो । फण्डले माघ मसान्तसम्ममा रू. ४ करोड ६१ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । माघ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ५ करोड २३ लाख रहेकोमा फागुन मसान्तसम्ममा रू. ५ करोड १२ लाख कायम भएको छ । त्यसैगरी फण्डको एनएभी माघ मसान्तसम्ममा रू. १० दशलमव ९९ रहेकोमा फागुन मसान्त सम्ममा रू. १० दशमलव ९५ कायम भएको छ । त्यस्तै फण्डको सूचीकृत शेयरमा लगानी माघ मसान्तसम्ममा रू. १० करोड ३ लाख रहेकोमा फागुन मसान्तसम्ममा रू.९ करोड ७२ लाख कायम भएको छ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले कमायो माघ मसान्तसम्म रू. ४ करोड ६१ लाख नाफा

फागुन १३, काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्ड नाफा पुस मसान्तको तुलनामा माघ महीनामा वृद्धि भएको छ । फण्डले पुस मसान्तसम्ममा रू. ४ करोड ५८ लाख नाफा कमाएकोमा माघ मसान्तसम्ममा बढेर रू. ४ करोड ६१ लाख पुगेको हो ।  माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । पुस मसान्तसम्ममा फण्डले रू. ५ करोड १२ लाख आम्दानी गरेकोमा माघ महीनामा वृद्धि भएर रू. ५ करोड २३ लाख पुगेको छ ।  माघ महीनामा नाफासँगै फण्डको एनएभी पनि बढेको हो । पुस मसान्तसम्ममा फण्डको एनएभी रू. १० दशमलव ९८ रहेकोमा माघ महीनामा बढेर रू. १० दशमलव ९९ पुगेको हो । फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १० करोड ३ लाख लगानी गरेको छ ।

वैशाखसम्म वाणिज्य बैंकहरूले कमाए रू. ५५ अर्ब ७९ करोड नाफा

काठमाडौं । कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्ष (आव) को १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न सफल भएका छन् । यसैबीच, सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले अपेक्षा गरेअनुसारको कमाउन नसके पनि वैशाखसम्ममा भने रू. ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा गर्न सफल भएका छन् । चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा रू. ५० अर्ब ७४ करोड गरेका थिए । अझ सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । यसपछिको करीब १५ दिन समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यसअवस्थामा पनि वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले रू. ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् । तर, यसअघिको महीनामा भने बैंकहरूको मासिक नाफा वृद्धि करीब ५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको थियो । यसअघिका महीनाको तुलनामा वैशाखमा ५८ करोड ४९ रुपैयाँले नाफा संकुचन भएको छ । निषेधाज्ञाको प्रभाव केही मात्रामा बैंकको नाफामा परेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल समग्रमा बैंकहरूको नाफा बढेको देखिए पनि निषेधाज्ञा हुनुअघिका महीनाको तुलनामा भने वैशाखमा नाफा वृद्धि प्रभावित भएर संकुचन भएको बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार बजार चहलपहल भएको तुलनामा निषेधाज्ञापछि तुलनात्मक रूपमा बैंकहरूको एलसी खोल्दाको आम्दानी, रेम्यिान्स गर्दाको आम्दानी, विदेशी विनिमयको आम्दानी कम हुने भएकाले यसको प्रभाव नाफामा पर्ने गर्छ । ‘वैशाख आधा महीनामा निषेधाज्ञा शुरू हुँदा धेरै व्यवसाय कम हुने भइहाल्यो । यसबीच ब्याज आम्दानी भएपनि ब्याज खर्च पनि भए । यसबाहेकका विभिन्न आम्दानी पनि प्रभावित हुँदा नाफा वृद्धि संकुचन हुने जोखिम बढ्छ,’ उनले अभियानसँग भने, ‘कोभिडको प्रभाव लामो समय रहिरहे बैंकको वार्षिक प्रतिवेदनमा पनि असर देखिन सक्छ ।’ कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि अपेक्षाअनुसारको नाफा गर्न नसके पनि यत्तिको नाफालाई बैंकहरूले सन्तोषजनक रूपमै लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको १० महीनासम्ममा खुद नाफा कमाउने उत्कृष्ट ५ बैंकमा क्रमशः नबिल, ग्लोबल आईएमई, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् । यसमध्ये पहिलो स्थानमा देखिएको नबिल बैंकले १० महीनासम्ममा ४ अर्ब ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा नाफा गर्नेमा पनि सो बैंक अग्र स्थानमा थियो । एकै महीनाको अन्तरमा बैंकले थप ३८ करोड १० लाख रुपैयाँ हाराहारीमा खुद नाफा गर्न सफल भएको छ । गत ९ महीना (चैत)सम्ममा सो बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बैंकको नाफा वृद्धि विगतको महीनाको तुलनामा मासिक करीब रू. ४० करोडले समानान्तर रूपमा नाफा बढ्नुपर्नेमा योभन्दा केही कम भएको बताउँछन् । निषेधाज्ञामा सबै बैंकिङमा ५० अर्ब रुपैयाँको निक्षेप संकलन र कर्जा प्रवाह बढे पनि यसअनुसार आफ्नो बैंकको नबढेको उनले बताए । चालू आवको वैशाखसम्ममा ग्लोबल आईएमई बैंकले ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ । निषेधाज्ञाको पहिलो महीनामा मात्रै उक्त बैंकले ३४ करोड ७६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत चैतसम्ममा यसले रू.३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएर दोस्रो स्थानमै रहेको थियो । कर्जा प्रवाहमा आक्रामक देखिएकोे एनआईसी एशिया बैंकले भने ३ अर्ब ३६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा रहेको छ । तर, उक्त बैंकको निषेधाज्ञाको महीनामा भने खुद नाफामा संकुचन देखिएको छ । यो बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा आएको छ । उक्त बैंकको नाफा भने तेस्रो त्रैमासकै हाराहारीमा भएको देखिन्छ । यस्तै उक्त अवधिमा खुद नाफा कमाउने पाँचौं स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । वैशाखसम्ममा क्रमशः प्राइमले रू. ३ अर्ब २१ करोड, एनएमबी बैंकले रू. २ अर्ब ७९ करोड, नेपाल बैंकले रू. २ अर्ब ३९ करोड, कृषि विकास बैंकले २ अर्ब ३९ करोड २६ लाख, सिद्धार्थले २ अर्ब ३४ करोड, प्रभुले २ अर्ब २९ करोड, मेगाले रू. २ अर्ब २२ करोड र सानिमा बैंकले रू. २ अर्ब ४ करोड खुद नाफा कमाएको छ । यसबाहेकका बैंकले रू. २ अर्बभन्दा कम नाफा गरेका छन् । यसअन्तर्गत क्रमशः कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सिटिजन्स, माछापुच्छ्रे, हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज, नेपाल क्रेडिट एन्ड कमर्श बैंक र बैंक अफ काठमाडौं रहेका छन् । यससँगै रू.१ अर्बभन्दा कम नाफा भएका बैंकमा भने नेपाल एसबीआई, सिभिल र सेञ्चुरी बैंक रहेका छन् ।

एनआईसी क्यापिटलले कमायो ५ करोड ४८ लाख नाफा

काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)मा एनआईसी एसिया क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफापछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ७१ प्रतिशतले बढी हो।

एनआईसी एशिया लघुवित्तले कमायो १८ करोड ३० लाखभन्दा बढी खुद नाफा

वैशाख ९, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४ गुणा अर्थात २४७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड २६ लाख खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १८ करोड ३० लाख पुगेको हो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४२ प्रतिशत र सञ्चालन नाफा २२० प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव २९ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३२ दशमलव ७५ पुगेको  हो ।  चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ७९ करोड ५३ लाख सञ्चित गरेको छ । जगेडा कोष पनि गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४९ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १३ अर्ब ६९ करोड १७ लाख सापटी लिएर रू. २ अर्ब ७६ करोड ६१ लाख निक्षेप संकलन गरेर रू. १५ अर्ब ८८ करोड ४२ लाख कर्जा लगानी गरेको छ । मूल्य आम्दानी अनुपात ५१ दशमलव ८८ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४५ पुगेको छ ।