चैत १३, काठमाडौं । एनआईसी एशिया सेलेक्ट –३० ले फागुन मसान्तसम्म रू. २ करोड ४१ लाख ४६ हजार नाफा गरेको छ ।
माघ महीनामा फण्डको यो नाफा रू. ३ करोड ७६ लाख २८ हजार थियो । माघ महीनामा रू. ५ करोड १३ लाखभन्दा बढी आम्दानी गरेको फण्डले रू. १ करोड ३७ लाख २४ हजार खर्च गरेको थियो ।
फागुन महीनामा भने फण्डले रू. ३ करोड ९७ लाखभन्दा बढी आम्दानी गरेको छ भने रू. १ करोड ५६ लाखभन्दा बढी खर्च गरेको छ । माघ महीनाको तुलनामा फागुन महीनामा आम्दानी कम र खर्च बढी भएकाले फण्डको नाफामा कमि आएको हो ।
माघ महीनाको तुलनामा फागुन महीनामा फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ । माघ महीनामा रू. १० दशमलव २४ रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १० दशमलव १४ मा झरेको हो । यस फण्डले १२ करोड ५० लाख इकाई विक्री गरेका हो । सात वर्षे अवधिको यस फण्डले २०७८ असारमा इकाई विक्री गरेको हो ।
फागुन मसान्तसम्म फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. २६ करोड ८७ लाख ५६ हजार रहेको छ । फण्डको लगानीको बजारमूल्य भने रू. २५ करोड ९२ लाख ४९ हजार रहेको छ । फण्डको धितोपत्रमा भएको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ ।
बैंक मुद्दती निक्षेपमा फण्डले रू. १७ करोड ५० लाख लगानी गरेको छ ।