फागुन १३, काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्ड नाफा पुस मसान्तको तुलनामा माघ महीनामा वृद्धि भएको छ । फण्डले पुस मसान्तसम्ममा रू. ४ करोड ५८ लाख नाफा कमाएकोमा माघ मसान्तसम्ममा बढेर रू. ४ करोड ६१ लाख पुगेको हो ।
माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । पुस मसान्तसम्ममा फण्डले रू. ५ करोड १२ लाख आम्दानी गरेकोमा माघ महीनामा वृद्धि भएर रू. ५ करोड २३ लाख पुगेको छ ।
माघ महीनामा नाफासँगै फण्डको एनएभी पनि बढेको हो । पुस मसान्तसम्ममा फण्डको एनएभी रू. १० दशमलव ९८ रहेकोमा माघ महीनामा बढेर रू. १० दशमलव ९९ पुगेको हो । फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १० करोड ३ लाख लगानी गरेको छ ।