वैशाखसम्म वाणिज्य बैंकहरूले कमाए रू. ५५ अर्ब ७९ करोड नाफा

काठमाडौं । कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्ष (आव) को १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न सफल भएका छन् । यसैबीच, सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले अपेक्षा गरेअनुसारको कमाउन नसके पनि वैशाखसम्ममा भने रू. ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा गर्न सफल भएका छन् । चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा रू. ५० अर्ब ७४ करोड गरेका थिए । अझ सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । यसपछिको करीब १५ दिन समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यसअवस्थामा पनि वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले रू. ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् । तर, यसअघिको महीनामा भने बैंकहरूको मासिक नाफा वृद्धि करीब ५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको थियो । यसअघिका महीनाको तुलनामा वैशाखमा ५८ करोड ४९ रुपैयाँले नाफा संकुचन भएको छ । निषेधाज्ञाको प्रभाव केही मात्रामा बैंकको नाफामा परेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल समग्रमा बैंकहरूको नाफा बढेको देखिए पनि निषेधाज्ञा हुनुअघिका महीनाको तुलनामा भने वैशाखमा नाफा वृद्धि प्रभावित भएर संकुचन भएको बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार बजार चहलपहल भएको तुलनामा निषेधाज्ञापछि तुलनात्मक रूपमा बैंकहरूको एलसी खोल्दाको आम्दानी, रेम्यिान्स गर्दाको आम्दानी, विदेशी विनिमयको आम्दानी कम हुने भएकाले यसको प्रभाव नाफामा पर्ने गर्छ । ‘वैशाख आधा महीनामा निषेधाज्ञा शुरू हुँदा धेरै व्यवसाय कम हुने भइहाल्यो । यसबीच ब्याज आम्दानी भएपनि ब्याज खर्च पनि भए । यसबाहेकका विभिन्न आम्दानी पनि प्रभावित हुँदा नाफा वृद्धि संकुचन हुने जोखिम बढ्छ,’ उनले अभियानसँग भने, ‘कोभिडको प्रभाव लामो समय रहिरहे बैंकको वार्षिक प्रतिवेदनमा पनि असर देखिन सक्छ ।’ कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि अपेक्षाअनुसारको नाफा गर्न नसके पनि यत्तिको नाफालाई बैंकहरूले सन्तोषजनक रूपमै लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको १० महीनासम्ममा खुद नाफा कमाउने उत्कृष्ट ५ बैंकमा क्रमशः नबिल, ग्लोबल आईएमई, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् । यसमध्ये पहिलो स्थानमा देखिएको नबिल बैंकले १० महीनासम्ममा ४ अर्ब ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा नाफा गर्नेमा पनि सो बैंक अग्र स्थानमा थियो । एकै महीनाको अन्तरमा बैंकले थप ३८ करोड १० लाख रुपैयाँ हाराहारीमा खुद नाफा गर्न सफल भएको छ । गत ९ महीना (चैत)सम्ममा सो बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बैंकको नाफा वृद्धि विगतको महीनाको तुलनामा मासिक करीब रू. ४० करोडले समानान्तर रूपमा नाफा बढ्नुपर्नेमा योभन्दा केही कम भएको बताउँछन् । निषेधाज्ञामा सबै बैंकिङमा ५० अर्ब रुपैयाँको निक्षेप संकलन र कर्जा प्रवाह बढे पनि यसअनुसार आफ्नो बैंकको नबढेको उनले बताए । चालू आवको वैशाखसम्ममा ग्लोबल आईएमई बैंकले ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ । निषेधाज्ञाको पहिलो महीनामा मात्रै उक्त बैंकले ३४ करोड ७६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत चैतसम्ममा यसले रू.३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएर दोस्रो स्थानमै रहेको थियो । कर्जा प्रवाहमा आक्रामक देखिएकोे एनआईसी एशिया बैंकले भने ३ अर्ब ३६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा रहेको छ । तर, उक्त बैंकको निषेधाज्ञाको महीनामा भने खुद नाफामा संकुचन देखिएको छ । यो बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा आएको छ । उक्त बैंकको नाफा भने तेस्रो त्रैमासकै हाराहारीमा भएको देखिन्छ । यस्तै उक्त अवधिमा खुद नाफा कमाउने पाँचौं स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । वैशाखसम्ममा क्रमशः प्राइमले रू. ३ अर्ब २१ करोड, एनएमबी बैंकले रू. २ अर्ब ७९ करोड, नेपाल बैंकले रू. २ अर्ब ३९ करोड, कृषि विकास बैंकले २ अर्ब ३९ करोड २६ लाख, सिद्धार्थले २ अर्ब ३४ करोड, प्रभुले २ अर्ब २९ करोड, मेगाले रू. २ अर्ब २२ करोड र सानिमा बैंकले रू. २ अर्ब ४ करोड खुद नाफा कमाएको छ । यसबाहेकका बैंकले रू. २ अर्बभन्दा कम नाफा गरेका छन् । यसअन्तर्गत क्रमशः कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सिटिजन्स, माछापुच्छ्रे, हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज, नेपाल क्रेडिट एन्ड कमर्श बैंक र बैंक अफ काठमाडौं रहेका छन् । यससँगै रू.१ अर्बभन्दा कम नाफा भएका बैंकमा भने नेपाल एसबीआई, सिभिल र सेञ्चुरी बैंक रहेका छन् ।

सम्बन्धित सामग्री

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुग्यो

काठमाण्डाै – नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब २५ करोड ६ लाख रुपैयाँले धेरै हो ।  यस्तै टेलिकमको सञ्चालन आय पनि झन्डै ३८ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९५ कराेड ४२ लाख रुपैयाँले धेर...

प्रभु बैंकले २ अर्ब ६० करोड नाफा कमायो

काठमाडौं, ९ साउन । प्रभु बैंकको गत आर्थिक वर्ष २०७८/७९ मा नाफा ५१ प्रतिशतले वृद्धि भएको छ । २ अर्ब ६० करोड ४ लाख रुपैयाँ (५१.११ प्रतिशत) नाफा आर्जन गरेको बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७२ करोड ९ लाख नाफा […]

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २ करोड

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४९ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा २६.७९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको बैंकले यता सञ्चालन नाफा २.६६ प्रतिशतले वृद्धि गर्दै क्रमशः २४ अर्ब २ करोड ३४ लाख रुपैयाँ र १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यस अवधि

टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ४२ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत...

महामारीबीच बैंकहरूको नाफा तीन अर्ब रूपैयाँले बढ्यो

पछिल्लो ६ महिनामा धेरै कमाउनेमध्ये दोस्रोमा एनआइसी एसिया बैंक छ। उक्त बैंकले ६ महिनामा दुई अर्ब ४० करोड रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले दुई अर्ब ६ करोड रूपैयाँ कमाएको थियो। गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको नब...

नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे बैंकको ६ महिनाको नाफा एक अर्ब एक करोड

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात्  पुस मसान्तसम्म एक अर्ब एक करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको पुस मसान्तभन्दा २१ करोड रूपैयाँले बढी नाफा कमाएको हो ।यस्तै बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।बैंकको पीई रेसियो १६.८४ रहेको जनाएको बैंकले प्रतिसेयर नेटवर्थ १३४.५ रूपैयाँ कायम भएको बताएको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.८७ प्रतिशतमा खुम्चिएको छ ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्

पाँच महिनामा विकास बैंकहरुको नाफा २ अर्ब ५४ करोड, धेरै कमाउनेमा मुक्तिनाथ

चालू आर्थिक वर्ष २०७८–७९ को पाँच महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब माथि कमाइरहँदा यता विकास बैंकहरुले भने २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा कुल १७ विकास बैंकहरुले २ अर्ब ५४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । जुन अघिल्लो महिना, कात्तिक मसान्तसम्मको भन्दा १७.७६ प्रतिशतले बढी हो । गत कात्तिक मसान्तसम्म विकास बैंकहरुले कुल २ अर्ब १५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । साढे २ अर्ब बढी नाफा कमाउ

एनएमबि बैंकको खुद नाफा १ अर्ब ६१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । यस्तै यस आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोडले वृद्घि गर्न सफल भएको छ । बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा