चैत १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले फागुन महीनाको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन मसान्तसम्ममा रू. ४ करोड ४१ लाख नाफा कमाएको हो । यो नाफा माघ मसान्तको तुलनामा भने ४ प्रतिशतले कमि हो । फण्डले माघ मसान्तसम्ममा रू. ४ करोड ६१ लाख नाफा कमाएको थियो ।
फागुन महीनामा फण्डको आम्दानीमा कमि आएकाले नाफा घटेको हो । माघ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ५ करोड २३ लाख रहेकोमा फागुन मसान्तसम्ममा रू. ५ करोड १२ लाख कायम भएको छ ।
त्यसैगरी फण्डको एनएभी माघ मसान्तसम्ममा रू. १० दशलमव ९९ रहेकोमा फागुन मसान्त सम्ममा रू. १० दशमलव ९५ कायम भएको छ । त्यस्तै फण्डको सूचीकृत शेयरमा लगानी माघ मसान्तसम्ममा रू. १० करोड ३ लाख रहेकोमा फागुन मसान्तसम्ममा रू.९ करोड ७२ लाख कायम भएको छ।