काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्गर्त सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा फण्डले ३ करोड २९ लाख नाफा कमाएको छ ।
यो नाफा भदौ मसान्तको तुलनामा भने २९ प्रतिशत कमि हो । भदौ मसान्तमा भने फण्डले रू. ४ करोड ६८ लाख नाफा कमाएको थियो । असोज महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । भदौ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ५ करोड रहेकोमा असोज मसान्तमा रू. ३ करोड ७६ लाखमा झरेको हो ।
नाफासँगै फण्डको न्याभ पनि घटेको छ । भदौ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ६७ पैसा रहेकोमा असोज मसान्तमा ११ रुपैयाँ ५० पैसा कायम भएको हो । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५५ करोड ४४ लाख लगानी गरेको छ । यो लगानी भदौ मसान्तसम्ममा भने रू. ५७ करोड ५० लाख रहेको छ ।
रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस