आइएमई जनरल इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा सम्पन्न, ७.३७ % लाभाश पारित

वैशाख ९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सम्पन्न भएको छ ।  सभा लैनचौर ब्याकेंट्स लैनचौर, काठमाडौंमा शुक्रवार सम्पन्न भएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १ गतेसुम्म बुक क्लोज गरेको थियो ।  यस आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।     

सम्बन्धित सामग्री

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले चैत ५ गते अन्तिम सम्झौता गरेका हुन् । अब दुवै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरी एकीकृत कारोबारको तयारी गर्ने बताएका छन् ।  दुवै कम्पनीको डिडिए सम्पन्न भई पूर्वनिर्धारित सम्झौता अनुसारकै समान हैसियतमा गाभिने अन्तिम सम्झौता भएको बताइएको छ । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी भने हाल रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार छ । यो पूँजीको आधारमा ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । प्रस्तावित बोनससहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारण सभा गत गते शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा भयो । साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ तथा […]

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा शुक्रवार हुदै

वैशाख ९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सभा शुक्रवार वैशाख ९ गते गर्ने भएको छ । सभा लैनचौर बैक्वेट्स लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी गराएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि २०७८ चैत २५ गते देखि २०७९ बैशाख १ गते सुम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत २४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने र लाभांश पाउनेछन्।

आइएमई जनरल इन्स्योरेन्सको सभाले  पारित गर्‍यो ७ % बोनस शेयर

वैशाख १२, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  भर्चुअल माध्यमबाट केन्द्रीय कार्यालय नक्सालमा आयोजित सभाले सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि निष्कासन गर्नेछ ।  सभाले हाल कायम रहेको कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  ७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार पुगेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।