कास्की - नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ सङ्घको बुधवार हिजाे पोखरामा भएको छैटौँ साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ ।
त्यस्तै, महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । सङ्घको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबह...