गरिबी निवारणमा १५ अर्ब ५० करोड डलर खर्च गर्ने अलिबाबाको वाचा

भदौ २०, पेचिङ (चीन) । चिनियाँ अनलाइन कम्पनी अलिबाबाले चिनियाँ राष्ट्रपति सि चिनफिङको ‘साझा समृद्धि’ अभियानलाई टेवा दिन १५ अर्ब ५० करोड डलर खर्च गर्ने भएको छ ।  कम्पनीले शुक्रवार यस्तो घोषणा गरेको हो । रोजगारी सृजनाका १० ओटा परियोजनाहरु लगानी गर्न, संकटापन्न समूहको हेरचाह गर्न र प्रविधिको नवप्रवर्तनमा १ खर्ब युआन (१५ अर्ब ५० करोड डलर) खर्च गर्ने भएको छ । यसमध्ये १२ अर्ब ५० करोड डलर भने कम्पनीको गृह प्रान्त चचियाङमा आयअसमानता कटौती गर्न खर्च गरिने बताइएको छ ।  हालैका दिनमा अलिबाबा, टेन्सेन्टलगायत ठूला चिनियाँ कम्पनीहरुले सामाजिक कल्याण, प्रविधिविकास र सत्तारुढ दलले प्राथमिकतामा राखेका अन्यपक्षमा लगानी गर्ने घोषणा गरेका छन् । ‘ पछिल्लो समय चीनले बजारमा मनपरीविरोधी, डेटा सुरक्षालगायतका विषयमा इन्टरनेट कम्पनीहरुमाथि सन् २०२० को अन्त्ययता कडाइ गरिरहेको छ । एजेन्सी  

सम्बन्धित सामग्री

४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, १५ अर्ब ५० करोड नवीकरण हुने

काठमाडौं । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । सोमबार ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले […]

एडीबीद्वारा पाकिस्तानका लागि १५ अर्ब अमेरिकी डलर स्वीकृत

इस्लामावाद – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो । हालै आएको बाढीका कारण तीन करोड […]

भारत सरकारले कटौती गर्यो नेपाललाई दिने अनुदान

एजेन्सी, १८ माघ। भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि आज (मंगलबार) पेश गरेको युनियन बजेटले नेपाललाई दिने सहयोग नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) कटौती गरेर भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) मा सीमित गरेको हो। भारतले दक्षिणएशियामा […]

एडीबीद्वारा साढे १५ अर्ब ऋण सहयोग

एसियाली विकास बैंक (एडीबी) ले नेपाल विद्युत् प्राधिकारलाई विद्युत् वितरणमा सहयोग पुग्ने उद्देश्यले १ सय ५० मिलियन अमेरिकी डलर (१५ अर्ब ५० करोड ८० लाख ९ हजार ५ सय रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।