एडीबीद्वारा पाकिस्तानका लागि १५ अर्ब अमेरिकी डलर स्वीकृत

इस्लामावाद – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो । हालै आएको बाढीका कारण तीन करोड […]

सम्बन्धित सामग्री

अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने

एजेन्सी-  ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी शनिबार मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा उपकरण आपूर्तिको क्षेत्रमा […]

नेपाललाई विश्व बैंकको साढे १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण, ३ अर्ब अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण र १ करोड ९७ लाख अमेरिकी डलर बराबर अनुदान सहायता प्रदान गर्ने भएको छ ।  यस सम्बन्ध नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । विश्व बैंकअन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एशोसिएशन (आईडीए)ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि यस्तो ऋण तथा अनुदान दिएको हो । नेपालमा लागू भइरहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम (स्कुल सेक्टर ट्रान्सफर्मेसन प्रोग्राम)मार्फत यो रकम खर्च हुनेछ ।   प्रारम्भिक तहका कक्षामा राष्ट्रिय रूपमा एकीकृत पाठ्यक्रम निर्माणका लागि यस्तो रकम खर्च हुनेछ । त्यस्तै, कोभिड–१९ महामारी र विभिन्न प्राकृतिक विपद्का कारण असर परेको शिक्षण सिकाइलाई पुनरुत्थान गर्ने, सहज र सिकाइमैत्री कक्षाकोठा तथा पाठ्यक्रम निर्माण, शौचालय, सिकाइमा डिजिटल प्रविधिको प्रयोगलगायत क्षेत्रमा उक्त रकम खर्च हुने बताइएको छ ।     कार्यक्रममा अर्थसचिव पोखरेलले यस कार्यक्रमको सफल कार्यान्वयनबाट विद्यालय शिक्षामा विद्यार्थीको पहुँच बढ्ने र सिकाइमा गुणस्तर कायम हुने अपेक्षा गरिएको बताए ।  ‘मानव पूँजी विकासका लागि शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षाका लागि यस कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।  त्यस्तै, विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक जर्भोसले विद्यालय क्षेत्र सुधार कार्यक्रमले हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) अवधारणा कार्यान्वयनमा बल पुग्ने बताए । ‘पहुँचयोग्य र गुणस्तरीय शिक्षाका लागि गरिने लगानीले नेपालले अपनाएको ग्रिड अवधारणा कार्यान्वयनमा पनि सघाउ पुर्‍याउनेछ,’उनले भने ।

विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड डलर कायम, ७.७ महिनाको आयात धान्न पुग्ने

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म राज्यको ढुकुटीमा ९ अर्ब ३५ करोड अमेरिकी डलर सञ्चितिमा रहेको छ । यस्तो सञ्चिति नेपाली रुपैयाँमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको र यसले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा सम्म यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । असार मसान्तको तुलनामा भदौमा कुल विदेशी मुद्राको सञ्चितिमा २.२ प्रतिशतले कमी आएको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये ने

दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदानमा दोब्बर अङ्कको वृद्धि

दक्षिण कोरिया । दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बाबजुद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ । प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा […]

एडीबीद्वारा साढे १५ अर्ब ऋण सहयोग

एसियाली विकास बैंक (एडीबी) ले नेपाल विद्युत् प्राधिकारलाई विद्युत् वितरणमा सहयोग पुग्ने उद्देश्यले १ सय ५० मिलियन अमेरिकी डलर (१५ अर्ब ५० करोड ८० लाख ९ हजार ५ सय रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।