नेपाली युवा मलेसिया पठाउने क्रममा भिसा प्रक्रियामा भीएलएन प्रणाली लागू गर्न सहयोग गर्ने तत्कालिन उच्च नेपाली पदाधिकारीलाई कारबाही गर्न मलेसियाका एक सांसदले अनुरोध गरेका छन् । भीएलएन (भिसा प्रक्रिया)मा भष्टाचार गरी नेपाली कामदारबाट अर्बौं रुपैयाँ लिएको अभियोग लागेका मलेसियाका पूर्व उपप्रधानमन्त्री डाक्टर अहमद जाहिद हमिदीलाई जस्तै नेपालमा पनि यसमा संलग्नलाई कारबाहीको माग गदै मलेसियाका एक सांसदले नै अनुरोध गरेका हुन्।