प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले यही फागुन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको आजको शून्य समयमा बोल्दै उहाँहरुले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी […]