२८ साउन, काठमाडौं । सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यलाई कारबाही गर्न माग गरेका छन् । आर्थिक प्रलोभनमा तस्करीको सामान छाड्ने गरेको भन्दै उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी) आचार्यलाई निलम्बन गरेर उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान गर्न माग गरेका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कँडेलले २१ साउनमा नवलपरासी पश्चिममा मृत्यु […]