गभर्नरमाथि कारबाही गर्न कांग्रेस र माओवादी सांसदको माग

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको विषय संसद्मा प्रवेश गरेको छ।एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएको भन्दै प्रतिनिधि सभाको बैठकमा कांग्रेस र माओवादी केन्द्रले यो विषय उठाएका हुन्।  कांग्रेसले गभर्नरले दिएका अभिव्यक्ति घातक भएको भन्दै बन्द गरिएन भने कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।कांग्रेस सांसद मीन विश्वकर्माले संसद्मा गभर्नरले देश श्रीलंकाको बाटोमा छ भनेर आतंकित बनाएको बताए। ‘गभर्नरले यो देश श्रीलंका हुन्छ भनेर हतोत्साही गराउने काम गर्नुभएको छ