काठमाडौं : २०७७ साल सबैभन्दा धेरै राजनीतिक तरलताको वर्ष रह्यो। सत्ताधारी दलको किचलोका कारणले राजनीतिक अस्थिरताको भइरह्यो। सत्ताधारी दलको विवादका कारण भद्रगोल बनेको राजनीतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भूमिका देखाउन सकेन।कांग्रेस नेताहरुले आफ्नो भूमिका संसद र बाहिर देखाएको दाबी गर्छन्। प्रतिपक्षी दल सरकारले गरेको नराम्रो कामको पहरेदारका रुपमा विरोधमा उत्रिन सक्नुपर्ने हो। तर, कांग्रेस आफै अल्मलिएर बस्यो। कम्युनिष्ट पार्टीको एकतापछि गणितीय हिसाबले प्रतिनिधिसभामा का