शेखर-गगन अविश्वासले कांग्रेस प्रतिपक्ष धार कमजोर

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच बढ्दो टकरावले कांग्रेसभित्रको प्रतिपक्ष धार कमजोर बन्न पुगेको छ । नेतृत्वलाई खबरदारी गर्नुपर्ने संस्थापन इतरपक्ष दुई नेताको अविश्वासले तितरवितर हुँदा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक शक्ति संघर्षको केन्द्रमा सभापति शेरबहादुर देउवाको ‘मनमौजी’ अझै चुलिने नेताहरू बताउँछन् ।