रौतहट : विगत लामो समयदेखि चर्को आलोचना हुँदै आएको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एक्सरे मेसिन जडान गरिएको छ। सो अस्पतालमा शुक्रबारदेखि एक्स–रे मेसिन सञ्चालनमा आएको हो।नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा प्राप्त एक्सरे मेसिन जडान भएपछि यस क्षेत्रका सेवाग्राहीहरूले सेवा पाउने भएका छन्। विगत चार वर्षदेखि सो अस्पतालमा एक्सरे मेसिनको अभावमा उपचारका लागि आउने बिरामीहरू समस्यामा पर्दै आएका थिए।१५ शैय्याको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस् भनेर एक्सरे मेसिन सञ्चालनम