जनशक्ति नहुँदा तीन वर्षदेखि थन्कियो एक्सरे मेसिन

सल्यान : दक्ष जनशक्ति नहुँदा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा स्वास्थ्य चौकीमा तीन वर्षदेखि एक्सरे मेसिन थन्किएको छ।एक्सरे मेसिन प्रयोगमा नआउँदा सेवाग्राही समस्यामा परेका छन्। एक्सरे मेसिन प्रयोगमा नआउँदा स्वास्थ्य चौकीमा आउने बिरामी श्रीनगर, खलंगा जानुपर्ने बाध्यता छ।मेसिन चलाउने जनशक्ति नहुँदा र एक्सरेका केही पार्टस् नआउँदा तीन वर्षदेखि प्रयोग बिहिन भएको लेखपोखरा स्वास्थ्य चौकीका सिनियर अहेव वीर बहादुर वलीले बताए।एक्सरे मेसिनको पुरा पार्टस नआउँदा पनि समस्या भएको उनको भनाई छ। स्वास्

सम्बन्धित सामग्री

गड्डाचौकी भन्सार कार्यालयको एक्सरे मेसिन प्रयोगविहीन

दोधारा चाँदनी (कञ्चनपुर), २७ फागुन । कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो । भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै […]

कोशी अस्पतालको बिग्रेको एक्सरे बनेन, निजी क्लिनिक धाउन बिरामी बाध्य

२१ कात्तिक, मोरङ । कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् । गतवर्षसम्म विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा दुईवटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा …