गड्डाचौकी भन्सार कार्यालयको एक्सरे मेसिन प्रयोगविहीन

दोधारा चाँदनी (कञ्चनपुर), २७ फागुन । कञ्चनपुरमा पर्ने गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ । विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन चार वर्षदेखि प्रयोगविहीन बनेको हो । भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै […]