त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला...
३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि धरौटीमा रिहा भएका छन्। सुनतस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट...
मोरङ – जिल्ला अदालत मोरङले सुन कारोबारी सनम शाक्य हत्या र ३८ क्विन्टल सुन प्रकरणसम्बन्धी मुद्धामा भएको फैसलाको पूर्णपाठ तयार गरेको छ। अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार करिब डेढ महिनाको अन्तरालमा बुधबार राति फैसलाको २८७ पृष्ठको पूर्ण पाठ तयार भएको हो। गत असोज १९ गते मुद्धाको फैसला न्यायाधीश भरत लम्सालको इजलासले गरेको थियो। उनले घटनाको […]
३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल १ नम्बर बढुवा सिफारिसमा परेका छन् ।
त्रिभुवन विमानस्थलबाट भएको ३८ क्विन्टल सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या प्रकरणमा उनी पक्राउ परेका थिए ।
उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उनी १७ असोज २०७५ मा उच्च अदालत विराटनगरबाट साधारण तारेखमा रिहा भएका थिए ।
विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल
विराटनगर : ३८ क्विन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको बहस जारी छ।बिहीबार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरू पनि थिए।जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार वरिष्ठ अधिवक्ताहरू सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे
विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा आज (बुधबार) १३ जना कानुनव्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्।१३ जना वकिलले मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।उनका अनुसार अधिवक्ताहरू विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भर