३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल १ नम्बर बढुवा सिफारिसमा परेका छन् ।
त्रिभुवन विमानस्थलबाट भएको ३८ क्विन्टल सुन तस्करी र सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या प्रकरणमा उनी पक्राउ परेका थिए ।
उनलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उनी १७ असोज २०७५ मा उच्च अदालत विराटनगरबाट साधारण तारेखमा रिहा भएका थिए ।