विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छ।जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा सुनुवाइको पहिलो दिन आइतबार सरकारी वकिलले बहस गरेका छन्।सरकारी वकिलका तर्फबाट मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले अवैध सुन चोरी निकासी र पैठारीबारे बहस गरे।उनले मुद्दाका प्रतिवादीलाई बिगोबमोजिम जरिवाना र ५ वर्षसम्म कैद सजाय माग गरे।बहसमा पोखरेलले प्रस्तुत गरेको विषयलाई उच्च सरकारी वकिल कार्यालय विराट