विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल