डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा पराजित भएका माओवादी केन्द्रका नेता शेरसिंह माल ‘डायमण्ड’ ले घरदैलो अभियान थालेका छन्। मतदाताहरूलाई धन्यवाद दिन डायमण्डले घरदैलो अभियान थालेका हुन्।३० वैशाखमा सम्पन्न भएको स्थानीय तह चुनावमा उनी नेपाली कांग्रेसका भरत बडायर जोशीसँग १ सय ३६ को झिनो मतान्तरले पराजित भएका थिए।मेयरमा निर्वाचित जोशीले ५ हजार ९४१ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी डायमण्डले ५ हजार ८०५ मत पाएका थिए। चुनावमा हारजित स्वाभाविक प्रक्रिया भएकाले आफूले प्रत्येक वडा