कुवेतसँग हारे पनि बहराइन सेमि फाइनलमा

काठमाण्डाै – कुवेतसँग हारे पनि बहराइन आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । समूह चरणकाे अन्तिम खेलमा आज बिहीवार बहराइन कुवेतसँग ४ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा समूह 'बी' काे उपविजेता बन्दै बहराइन सेमिफाइनलमा पुगेकाे हाे ।बहराइनले दिएकाे १ सय ५९ रनकाे लक्ष्य कुवेतले १६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका उस्मान पटेलले सर्वाधिक ६४ रन बनाए । यस्तै कप्तान माेहम्मद अस्लामले नटआउट ३६ रन बनाए । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान २...