भादगाउँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उहाँले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए । उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए […]