ताप्लेजुङ – ताप्लेजुङमा बिहीबार सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ। नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाैँको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको हाे। सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी […]